×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के ऋण मिनाहा हुन्छ ? ऋण नतिर्दा के हुन्छ ? ऋण पाउन के गर्ने ? घुस खुवाउनुपर्छ ? (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

के ऋण मिनाहा हुन्छ ? ऋण नतिर्दा के हुन्छ ? ऋण पाउन के गर्ने ? घुस खुवाउनुपर्छ ? (भिडियोसहित)

Artha Sarokar

८ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । यो देशमा आम नागरिकको एउटा बर्गलाई लाग्छ, ऋण त धनीले मात्र पाउँछन् । ऋण निकाल्न कागज मिलाएमात्र पनि पुग्छ, र लिएको ऋण नतिर्दा पनि हुन्छ । आम नागरिकको त्यो बर्गलाई यो लाग्नुको पछाडी बैंकिङ सचेतनाको कमी त हुँदै हो, समय अनुसारको चेतना फैलाउने काम कम भएको पनि जरुर हो । र त अवका केहि अंकमा हामी आम नागरिकले बुझ्ने भाषामा ऋण, ब्याज, किस्तासँगै समग्र बैंकिङ सिकाउने प्रयास गर्दैछौँ । र आजको कार्यक्रम विशेषतः ऋणका विषयमा उठेका आम प्रश्न र तिनका जवाफमा केन्द्रित रहनेछ ।

१. धेरैको मनमा लाग्ने अर्को प्रश्न हो, के ऋण लिन ठुलो मान्छे हुनुपर्छ ? वा भनसुन गर्नुपर्छ ?
यसको सरल जवाफ हो, पर्दैन । तपाईंको आवश्यकता, धितो जमानी, आय र आवश्यक कागजात पूरा भएका छन् भने तपाईंले सहजै ऋण पाउनुहुनेछ । सबै आवश्यक प्रक्रिया पूरा भएको खण्डमा तपाईंले भनसुन गर्नैपर्दैन ।

२. धेरैलाई लाग्छ, बैंकबाट ऋण लिन घुस बुझाउनुपर्छ, हो ?
यसको सरल उत्तर हो, हुँदै होइन । नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन कुनै पनि खालको खुस लेनदेन गर्नुपर्दैन । यदी कसैले त्यस्तो घुस वा रिस्वत माग्छ भने, त्यो सरासर अपराध हो । एकाध फटाहा मान्छे जहाँ पनि हुन्छन् । बैंक तथा वित्तीय संस्थामा कार्यरत थुप्रै कर्मचारीहरुमध्ये केहि त्यस्ता फटाहा पनि बैंकिङ क्षेत्रमा नभएका होइनन् । यदी कसैले ऋण माग्दा घुस मागेको छ भने नेपाल राष्ट्र बैंकको गुनासो इकाईमा सम्पर्क गर्न सकिन्छ । तपाईंले ओहो काम भईहाल्छ भनेर थोरबहुत घुस दिन तयार हुनुहुन्छ भने, तपाईं स्वयम् अपराध गर्दैहुनुहुन्छ । एक जिम्मेवार नागरिकले त्यसो गर्नु हुन्न । सबै कागजात पुग्दा पनि कतै ऋण अड्केको छ भने, हामीलाई सम्पर्क गर्नुहोला, कसैले घुस मागेको वा माग्ने नियत देखाएको छ भने हामीलाई खबर गर्नुहोस्, त्यस्तालाई कसरी ठेगान लगाउनुपर्छ, हामीलाई थाहा छ ।

३. के ऋण लिंदा भ्यालुएसन घुस खुवाएर जति पनि गराउन मिल्छ ?
अहँ मिल्दैन । प्रचलित व्यवस्था अनुसार नै तपाईंको सम्पत्तिको भ्यालुएसन हुन्छ । एकाध फटाहाहरुले ओभरभ्यालुएसन गरेर बैंकलाई अफ्ट्यारो पारेका पक्कै छन्, तर यो गलत हो । यसले तपाईंलाई पनि कुनै दिन पिरोल्न सक्छ । ऋण भनेको बैंक जति दिन तयार छ, त्यति नै लिने पनि होइन । तपाईंको आवश्यकता अनुसार लिने हो । तपाईंको धितोले खाम्ने अनुसार लिने हो । ओभरभ्यालुएसनले तपाईंलाई नै पिरोल्छ ।

४. के साथीले ऋण लिंदा जमानी बस्नु जोखिमपूर्ण काम हो ?
कसैले पनि ऋण लिंदा जमानी बस्नु जोखिमपूर्ण नै काम हो । आफु जमानी बसेको ऋणी कतिको ठिक छ भन्ने कुरामा तपाईं स्वयम् सचेत हुनुपर्छ । भोलि तपाईं जमानी बसेको ऋणीले ऋण तिरेन भने, त्यसको असर तपाईंलाई पनि पर्छ । पत्रिकामा तपाईंको पनि नाम निस्किन्छ । त्यसैले सोचेर बुझेर मात्र यस्तो कदम चाल्नुपर्छ ।

५. के एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा खर्च गर्न मिल्छ ?
अहँ मिल्दैन । धेरैलाई लागेको छ ऋण लिएपछि सो रकम जेमा पनि खर्च गर्न हुन्छ र बैंकलाई किस्ता र ब्याजसँग मात्र मतलव हुन्छ । तर यो कुरा गलत हो । खासमा यस्तो हुँदैन । खासमा एउटा प्रयोजनका लागि ऋण लिएर अर्को प्रयोजनमा खर्च गर्नु भनेको बैंकिङ कसुर सम्बन्धि प्रचलित कानुन अनुसार कसुरजन्य कार्य हो । यस्तो गर्नुभयो भने तपाईं कुनै पनि बेला अफ्ट्यारोमा पर्न सक्नुहुन्छ ।

६. किस्ता ढिलो भयो भने के हुन्छ ?
किस्ता ढिलो भयो भने नियम अनुसार जरिवाना लाग्छ । तपाईंले सुरुमा नै किस्ता तिर्ने योजना बनाउनुपर्छ ।

७. ऋण नतिर्दा के हुन्छ ?
ऋण नतिर्ने भन्ने सोच्नै हुन्न । ऋण नतिर्दाका घाटा धेरै छन् । तपाईंको बदनामी हुन्छ, कालोसूचीमा पर्नुहुन्छ । तपाईंका अन्य बैंक खाता र कारोबार रोक्का हुन सक्छन्, सामाजिक बदनामी हुन सक्छ । त्यसैले ऋण नतिर्ने होइन, कसरी तिर्ने भन्ने सोच्नुपर्छ ।

८. यो ऋण मिनाहाका कुरा जताततै छन्, कोहि अमुक पात्र नेता भयो भने त ऋण नै मिनाहा हुन्छ भन्ने हल्ला छ नि ?
अहँ, तपाईंले लिएको ऋण मिनाहा हुँदैन । तपाईंको दायित्व ऋण तिरेपछि मात्र सकिन्छ । बाँकी सबै हल्ला, हल्ला नै हुन् । ती हल्लामा कुनै पनि सत्यता छैन । यदी ऋण लिएर नतिर्दा पनि हुन्थ्यो भने त नेपालमा बैंक नै रहँदैनथिए नि ।

९. बैंकले के के कुराका लागि ऋण दिन्छ ?
बैंकले तपाईंलाई घर बनाउन, गाडी किन्न, छोराछोरी पढाउन, व्यवसाय बढाउन, सेयर किन्न लगायत धेरै कुराका लागि ऋण दिन्छ । सो ऋणका लागि तपाईंले आवश्यक कागज र प्रक्रिया पूरा गर्नुपर्छ ।

१०. के बैंकले विना धितो पनि ऋण दिन्छ ?
बैंकले अवस्था र प्रोडक्ट हेरेर विना धितो पनि ऋण दिन सक्छ । तर त्यस्ता प्रकृतिका कर्जा निश्चित परिधिहरुमा मात्र केन्द्रित हुन्छ । जस्तो कि बैदेशिक रोजगारीका लागि जान, बैंकले प्रचलित कानुन र सर्तको अधीनमा रही विना धितो ऋण प्रवाह कर्जा । कतिपय बैंकहरुले प्रोफेसनल कर्जाको रुपमा पनि विना धितो ऋण प्रवाह गरेका हुन्छन् । कतिपय बैंकहरुले बिगतमा सर्टिफिकेट मात्र धितो राखेर पनि ऋण प्रवाह गरेका थिए । तर मसँग केहि पनि छैन, तर मलाई ऋण चाहिएको छ भनेर सहजै बैंकले विना धितोचाहिं ऋण दिंदैन ।

११. कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ कसरी थाहा पाउने ?
कुन बैंकबाट ऋण लिंदा सस्तो पर्छ भन्ने थाहा पाउने तरिका धेरै छन् । सो मध्ये अर्थ सरोकारले ल्याएको बैंकर दाई प्रोडक्ट उपयोगी हुन सक्छ । बैंकर दाइ डट अर्थ सरोकार डटकममा गएर तपाईंले कुन बैंकको ब्याज सस्तो छ, कुन बैंकले के कस्तो ऋण दिन्छ ? ऋणका प्रक्रियाहरु के के छन् ? कुन ऋण लिनका लागि के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ? लगायतका विषयमा ज्ञान दिन्छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी