काठमाडौँ । कामना सेवा विकास बैंकले शुक्रबार कैलाली उद्योग वाणिज्य संघ अन्तर्गतका धनगढी स्थित उद्योगी व्यवसायीहरुबीच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा बढि व्यवसायीहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताको रुपमा रहेका थिए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतीको लागि दिर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना निती नियमहरु तय गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने गरेको बताए । व्यवसायीहरुका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थाहरुसँगका केही गुनासाहरु भएमा नेपाल राष्ट्र बैंक समक्ष समेत गुनासा राख्न सकिने बताए ।
एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीहरुबीच फरक मत रहने भएतापनी एक अर्काका परिपुरक समेत भएकोले आर्थिक अनुशासन कायम गरि व्यवसाय संचालन गर्दा बैंक र व्यवसायीहरबीचको सम्बन्ध सुधार हुने बताए ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीहरुसँग छलफल गर्नको लागि बैंकहरुलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कोरोनाको अवस्थाबाट व्यवसायीहरु उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरे । साथै नियमनकारी निकायका विभिन्न नितीहरुले व्यवसायीहरु थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने जिकिर गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएतापनी दिर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै कामना सेवा विकास बैंकले व्यवसायीहरुका पिर मर्का बुझ्दै बैंकको कारोबार अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वार र किशोर ठकुराठी, सुनचाँदी व्यवसायी जगत सिजापती र कमल प्रसाद लामिछाने, यातायात व्यवसायी अनन्त राज जोशी, स्वास्थ्य तथा कृषी व्यवसायी विष्णु वुर्लाकोटी, ग्यास व्यवसायी छवी राज भट्ट लगायतले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार, युवा जनशक्तीको विदेश पलायन लगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सो विषयमा ध्यान दिनुपर्ने बताए ।
बैंकले हालै मात्र चितवनका व्यवायीहरुबीच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्