काठमाडौँ । कामना सेवा विकास बैंकले ‘केएसबीबीएल ओलम्पिक्स २०८१’ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
शनिबार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय कार्यालय गरि कुल आठ समुहबाट खेलहरु आयोजना गरिएको थियो । पुरुष तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधी जितेको छ भने महिला तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधी जितेको छ ।
त्यस्तै, पुरुष तर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई हराउदैं उपाधी जित्दा महिला तर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधी जितेकी छन् । विजेता तथा उपविजेता टिमलाइ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख संचालन अधिकृत विकास ढुङ्गानाले बैंकको तर्फबाट ट्रफि, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
उक्त प्रतियोगितामा लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती थियो । पुरस्कार वितरण कार्यक्रममा वोल्दै नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमहरुको कर्मचारीको शारिरिक तथा बौद्धीक क्षमता अभिवृद्धी हुनुका साथै कर्मचारीहरु बिचको आपसी सम्वन्ध समेत सुमधुर हुदै जाने विश्वास व्यक्त गरे । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तरबैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्