काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आन्दोलनका कारण एसइई विद्यार्थी अफ्ठ्यारोमा परे उद्दार गर्ने भएको छ । महानगरले एक सूचना जारी गर्दै एसइई विद्यार्थी अफ्ठ्यारोमा परे महानगरले विद्यार्थीलाई गन्तव्यसम्म पुर्याउने जनाएको हो ।
त्यसका लागि विभिन्न क्षेत्रमा नगर प्रहरी परिचालन गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार काठमाडौँको बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु एरियामा एसइई विद्यार्थीको सहजिकरणका लागि नगर प्रहरी परिचालन गरिएको छ । ती नगर प्रहरीले आन्दोलनका कारण अफ्ठ्यारोमा परेका एसइई विद्यार्थीहरुको उद्दार गर्ने महानगरले जनाएको छ ।
त्यस्तै, महानगरले अफ्ठ्यारो परे, गन्तव्यमा पुग्न असहज भए महानगर प्रहरीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । त्यसका लागि महानगरले सम्पर्क व्यक्तिको नम्बरसमेत उपलब्ध गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्