×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्यालेन्स र डाटा बिना नै चल्ने भयो ‘खल्ती एप’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ब्यालेन्स र डाटा बिना नै चल्ने भयो ‘खल्ती एप’

Artha Sarokar

२५ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले एनसेलसँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ । खल्तीको नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने भएका छन् ।

निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एनसेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् । यसका सँगसँगै पहुँच भएका प्रयोगकर्ताहरूलाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी हुने कम्पनीले जनाएको छ ।

यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधाको भुक्तानी, रेमिट्यान्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, खल्ती कुइज जस्ता इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन् ।

साथै, एनसेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत्र ३) मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ । उक्त दिनहरूमा खल्तीबाट एनसेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना १००% पक्का), एयर बड (२ जनालाई), एक जोडा फिल्म टिकट (२० जनालाई) र छ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट (२ जनाले) जित्ने मौका पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी