Skip to content
LAXMI SUNRISE BANK

सर्वोच्चमा दर्ता भयो कुलमानको रिट, पहिलो पेशी शुक्रबार 

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतले दायर गरेको छ । घिसिङको रिट बिहीबार अदालतमा दर्ता भएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । 

राम्रो काम गर्दागर्दै र कुनै गल्ती नगर्दा पनि आफूलाई जबरजस्ती बर्खास्त गरिएको उक्त बर्खास्ती गैरकानूनी भएको भन्दै घिसिङ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् । उनले सर्वोच्चमा दायर गरेको रिटमा सरकारले गरेको निर्णय खारेज गरेको विद्युत प्राधिकरणमा आफूलाई पुनस्थापना गर्न माग गरेका छन् । 

कुलमानले सर्वोच्चमा दायर गरेको रिटमाथिको पहिलो सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK