Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले घोषणा गर्यो ‘दशैँ क्याम्पेन २०२४’ का विजेता

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंकले ‘दशैँ क्याम्पेन २०२४’ को विजेता घोषणा गरेको छ। बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका हुन् ।

कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा बिजेता छानिएको थियो ।

बिजेताहरुले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK