काठमाडौँ । समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिका निधि लोहनी फाइनान्सबाट बाहिरिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनी फाइनान्सबाट बाहिरिएका हुन् ।
लोहनीले फाइनान्समा बुझाएको राजिनामा कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिसकेको छ ।
राजिनामा दिएर सिइओ लोहनी फाइनान्सबाट बाहिरिएसँगै सञ्चालक समितिले फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेललाई कायममुकायम सिइओ नियुक्त गरेको छ । उनले आगामी एक महिना (चैतभर) सिइओको जिम्मेवारी सम्हाल्नेछन् ।
त्यसपश्चात् भने सिइओको जिम्मेवारी सन्तोषकुमार घिमिरेले सम्हाल्नेछन् । घिमिरेलाई फाइनान्सको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी गोर्खा फाइनान्समा हुँदा विवादित बनेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्