×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

Artha Sarokar

४ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक गरेको छ । बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरु लगायतका सम्पूर्ण  विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
महालक्ष्मी क्यालेन्डर २०८२ बैंकको आधिकारिक वेभसाइट मार्फत वा लिंक मार्फत हेर्न/डाउनलोड गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी