×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवाजस्तै विजेता घोषणामा पनि सुस्त महालक्ष्मी विकास बैंक, दशैँको विजेता बल्ल घोषणा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेवाजस्तै विजेता घोषणामा पनि सुस्त महालक्ष्मी विकास बैंक, दशैँको विजेता बल्ल घोषणा 

Artha Sarokar

१० चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेवा प्रवाहमा साह्रै सुस्त रहेको महालक्ष्मी विकास बैंक विजेता घोषणा र पुरस्कार वितरणमा पनि सुस्त देखिएको छ । बैंकले दशैँलाई लक्षित गरेर सञ्चालन गरेको ‘नेपाल दशैँ अभियान २०२४’ को विजेता चैतमा घोषणा गरेको हो । 

बैंकले घोषणा गरेका विजेताहरू नारायण कार्की र सन्तोष ध्वज रहेका छन् । महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गर्नेहरुमध्येबाट बैंकले कार्की र ध्वजलाई विजेता घोषणा गरेको हो ।

बैंकको ‘नेपाल दशैँ अभियान २०२४’ को विजेता बनेसँगै उनीहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर पाउने बैंकले जनाएको छ । 

उक्त अभियानको उद्देश्य दशैँमा हुने आर्थिक कारोबारलाई डिजिटलाईज गर्ने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग गराउने रहेको बैंकले जनाएको छ । तर, बैंकले दशैँलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानको विजेता घोषणा भने साह्रै ढिला भएको स्वयम् बैंकका ग्राहकहरुले बताइरहेको छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी