काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले मिति २०८१ साल चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबीच उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख-बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् ।
सो क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्ने सेयरधनीहरू, नेपाल बीमा प्राधिकरण नियामक निकायहरूका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८२ को अग्रीम शुभकामना समेत व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्