काठमाडौँ । नेपाल एसबीआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधातर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट बैंक सम्मानित भएको हो ।
यस प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्राडा फत्तबहादूर केसी, मुख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा उक्त अवार्ड प्रदान गरेका थिए।
कार्याक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसमेतको उपस्थिति थियो। नेपाल एसबीआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्