Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ४१.६७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६६३.५४ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK