काठमाडौँ । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२५’ सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ सम्पन्न गरेको हो ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।
सातै प्रदेशका विभिन्न शाखाहरुले यस अभियान अन्तर्गत हप्ताभरीमा सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् । तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
यस बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्