×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलद्वारा डायस्पोरा खाता संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया क्यापिटलद्वारा डायस्पोरा खाता संचालन

Artha Sarokar

२७ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एनआईसी एशिया क्यापिटलले ‘वान- स्टप-सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ ।

यो सेवा गैर-आवासीय नेपाली तथा नेपाल बाहिर बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एनआईसी एशिया क्यापिटल मार्फत गर्न सकिने छ ।

उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्दछ ।

यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर-आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु भएको कम्पनीले जनाएको छ ।

डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरु :

लन्च प्याड (स्टार्टअप आवश्यक)
कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।

ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार)
इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श ।

क्यापिटल एज (बजार पहुँच)
निष्काशन तथा बिक्री प्रबन्धक, आरटिए/आरटिएस सेवाहरू, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।

इनसाइट३६० (परामर्श सेवा) 
वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।

परामर्श किन लिने 

-डायस्पोरा सँग सम्बन्धित सम्पूर्ण विषयमा ‘वान स्टप सोलुसन’ ।
-सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरु मार्फत सेवा उपलब्ध ।
-कम्पनी स्थापना वा विस्तार, आइपीओ निष्काशन गर्ने देखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी सेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने ।

विदेशमा बस्ने कुनै पनि नेपालीले सोझै यो लिङ्कमा क्लिक गरि फारम भरेर सुरु गर्न सकिनेछ । यस सम्बन्धमा थप जानकारी वा सोधपुछको लागि, क्यापिटलको सम्पर्क नम्बर ०१–५७०५९९४, ०१–५७०५६६७, ०१–५७०५६७३, ०१–५७०५३३७ –इएक्सटि (२२७) इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी