Skip to content
LAXMI SUNRISE BANK

निवारण फाउन्डेसनले ८ वर्षमा ७७ जिल्लामै अस्पताल बनाउने

अर्थ सरोकार

काठमाडौँ । गैरसरकारी संस्था निवारण फाउन्डेसनले नेपालका ७७ वटै जिल्लामा अस्पताल बनाउने घोषणा गरेको छ । फाउन्डेसनले ७७ वटै जिल्लामा ५० शैयाको अस्पताल बनाउने घोषणा गरेको हो ।

फाउन्डेसनले सञ्जीवनी परियोजना अन्तर्गत देशभरका ७७ जिल्लामै अस्पताल बनाउने घोषणा गरेको उक्त कार्यक्रमका विकास प्रबन्धक उज्ज्वल सुवेदीले बताएका छन् । सुवेदीका अनुसार ७७ जिल्लामा अस्पताल सन् २०३२ सम्म निर्माण भइसक्नेछ ।

त्यसबाहेक फाउन्डेसनले सन् २०२७ सम्म ५२ जिल्लाका २७५ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, सन् २०२७ देखि सन् २०२९ सम्म सातै प्रदेशमा ५० शैयाका समुदायस्तरका स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना राखेको छ । 

त्यस्तै, सन् २०२७ देखि सन् २०३२ सम्म ७०० शैयाको निवारण फाउन्डेसनको केन्द्रीय अस्पताल निर्माण गर्ने योजना पनि फाउन्डेसनले अघि सारेको छ । फाउन्डेसनले कार्यक्रमको पहिलो चरण अन्तर्गतको काम २०८२ जेठ १ गतेबाट बाजुराको छेडेदहबाट सुरु गर्ने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK