×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सातै प्रदेशमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

१३ चैत्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो ।

सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ  ।

ग्लोबल मनी वीक २०२५ को नारा सहित बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ । बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ ।

बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट तीनहजार जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी