Skip to content
LAXMI SUNRISE BANK

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात

अर्थ सरोकार

काठमाडौँ ।  चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।

गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK