Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरको राधेराधेमा भोलि ट्रायल नहुने, आन्दोलन मुख्य कारण !

अर्थ सरोकार

काठमाडौँ । भक्तपुरमा भोलि (शुक्रबार) सवारी साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा (ट्रायल) नहुने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय भक्तपुरले शुक्रबार ट्रायल नहुने जानकारी दिएको हो । 

कार्यालयले सूचनामा विशेष कारणले प्रयोगात्मक परीक्षा (ट्रायल) नहुने उल्लेख गरेको छ ।  

तर, शुक्रबार राजावादी र गणतन्त्र पक्षधरले गर्न लागेको छुट्टाछुट्टै शक्ति प्रदर्शनका कारण असहज परिस्थिति सृजना हुनसक्ने भन्दै शुक्रबारका ट्रायल स्थगित गरिएको कार्यालयका एक कर्मचारीले बताएका छन् । 

शुक्रबारका लागि तोकिएका प्रयोगात्मक परीक्षा चैत १७ र १८ गते हुने यातायात कार्यालय भक्तपुरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK