काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुन: सुयोग श्रेष्ठ चयन भएका छन् । एसोसिएसनको १९औँ वार्षिक साधारण सभाले श्रेष्ठलाई पुन: अध्यक्षमा चयन गरेको हो ।
श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै, एसोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली चयन भएका छन् भने सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यय चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल, दस्यहरुमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।