Skip to content
LAXMI SUNRISE BANK

स्वरोजगार लघुवित्तको एफपीओ निष्काशन, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गरेको छ । कम्पनीले एक करोड ९५ लाख ७७ हजार तिन सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार सात सय ७३ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तले सेयर निष्काशन गर्न एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यता, लगानीकर्ताले सेयरका लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने यस अवधीभित्र माग बमोजिम आवेदन नपरेमा निष्काशन अवधी चैत ३ गतेसम्म थप गरिनेछ । सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK