Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकले आयोजना गर्यो वित्तीय साक्षरता कार्यक्रम

अर्थ सरोकार

काठमाडौँ । सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले वार्षिक कार्ययोजना तथा ग्लोबल मनी विक कार्यक्रम अन्तर्गत शाखा कार्यालय बनेपा तथा शाखा कार्यालय नारायणगढको आयोजनामा चैत्र १० गते बनेपा काभ्रेमा अवस्थित श्री संकल्प क्याम्पस तथा भरतपुर लायन्सचोक अवस्थित श्री बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

श्री संकल्प क्याम्पसका स्नातक तहका जम्मा ६५ जना विद्यार्थीको उपस्थिति थियो भने श्री बालकुमारी कलेजका कक्षा ११ तथा १२ गरी ७० जना विद्यार्थीको उपस्थिति थियो ।

बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK