×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

Artha Sarokar

८ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले वार्षिक कार्ययोजना तथा ग्लोबल मनि विक २०२५ कार्यक्रम अन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा चैत ७ गते पनौती न.पा ८ काभ्रेमा अवस्थित श्री तेजगंगा बहुमुखि क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा श्री तेजगंगा बहुमुखि क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी