काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला नुवाकोट, ककनी गाउँपालिका वडा न ०४ घर भई हाल काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा न ०६ रामकोट बस्ने ३६ वर्षीय बिराज तामाङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत्र १२ गते काठमाडौँ महानगरपालिका वडा नं १० नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
तामाङ विरुद्ध इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरी दिएका थिए । साथै, पक्राउ प्रतिवादी बिराज तामाङको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको छ ।