काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राजालाई बोकेर मुलुकको विकास नहुने बताएका छन् । हाल व्यक्तिगत स्वतन्त्रताको समय भएको भन्दै उनले राजा बोकेर विकास नहुने बताएका हुन् ।
मन्त्री गुरुङले जसको घरमा जन्मिए पनि शीतल निवास जान सक्ने र सिंहदरबारमा राज गर्न सक्ने व्यवस्था छोडेर राजाको हिसाबमा चल्नुपर्ने व्यवस्था उचित नहुने बताएका छन् ।
‘जसको घरमा जन्मिए पनि त्यो व्यक्ति योग्य छ भने शीतल निवास जान पनि पाउँछ, सिंहदरबारमा राज गर्न पनि पाउँछ ।’, उनले भने, ‘यस्तो व्यवस्था छोडेर राजाको घरमा जन्मिएको हुनाले ३ करोड नेपालीभन्दा योग्य हुन्छ भन्ने सिद्धान्तमा जानु गलत हो ।’
पछिल्लो केही समययता देशमा राजावादीहरू सक्रिय बनेका छन् । स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेपछि देशमा राजाको पक्षमा माहोल बन्दै गइरहेको छ । तर, राजनीतिक दल नेताहरुले त्यसलाई गलत प्रवृत्ति भनेका छन् ।