काठमाडौँ । सिइओ नियुक्तिको निर्णय भएको ६ घण्टा पनि नबित्दै गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका ज्ञानेन्द्र इवाहाङको नियुक्ति खारेज भएको छ । राष्ट्र बैंकको निर्देशनपछि उनको नियुक्ति खारेज भएको हो ।
चैत १० गते बिहान बसेको कम्पनीको सञ्चालक समितिले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, सोही दिन साँझ बसेको सञ्चालक समितिको बैठकलाई इवाहाङको नियुक्ति खारेज गरेको हो ।
राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा कम्पनीमा देखिएको कैफियतका आधारमा सिइओ नियुक्ति सम्बन्धी हालसम्म भएका सम्पूर्ण कार्य रद्द गर्न निर्देशन दिएपछि सिइओको नियुक्ति खारेज गरिएको कम्पनीको सञ्चालक समितिका एक सदस्यले बताएका छन् ।
यसो त यसअघि कम्पनीले आगामी ४ वर्षका लागि भन्दै पुष १४ गते सिइओमा नियुक्त गरेका प्रकाशचन्द्र अधिकारीको नियुक्ति पनि खारेज भएको थियो । उनको नियुक्तिविरुद्ध केही सेयरधनीले राष्ट्र बैंकमा उजुरी गरेपछि अधिकारी स्वयम्ले सिइओका रुपमा काम गर्न असमर्थता व्यक्त गरेपछि उनको नियुक्ति खारेज गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्