Skip to content
LAXMI SUNRISE BANK

खाने तेलको मूल्य फेरि बढ्यो !

अर्थ सरोकार

काठमाडौँ । सनफ्लावर र भटमासको तेलको मूल्य फेरि बढेको छ । १५ दिनको अन्तरालमा सनफ्लावर र भटमासको तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको हो ।

नेपाल खुद्रा व्यवसायी संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने छ । संघले सार्वजनिक गरेको मूल्यसुची आनुसार सनफ्लावर र भटमासको तेल ५ रुपैयाँले बढेर प्रतिलिटर २ सय ५५ रुपैयाँ पुगेको छ ।

फागुन १५ गते यी दुई प्रकारका तेल प्रतिलिटर दुई सय ५० रूपैयाँमा कारोबार भइरहेकोमा चैत १ मा आउँदा प्रतिलिटर दुई सय ५५ रूपैयाँ पुगेको नेपाल खुद्रा व्यवसायी संघ जनाएको छ ।

भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने स्थिर छ । हाल बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय १० र काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ रूपैयाँमा कारोबार भईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK