Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १७५००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९०० रुपैयाँले घटेर १७४१०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १९८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४९ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६९७.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK