×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

२६ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सालिकराम बानियाँ र ३१ वर्षीया एलिना पुरी रहेका छन् ।

उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि विभिन्न देशहरु पठाउने भनेर रकम ठगी गरेका थिए । प्रहरीका अनुसार सालिकराम बानियाँले एक जनाबाट ५ लाख रुपैयाँ र एलिना पुरीले एक जनालाई क्यानडा पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् ।

विदेश पठाउने भन्दै ठग्ने उनीहरुलाई काठमाडौँको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी