काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सालिकराम बानियाँ र ३१ वर्षीया एलिना पुरी रहेका छन् ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि विभिन्न देशहरु पठाउने भनेर रकम ठगी गरेका थिए । प्रहरीका अनुसार सालिकराम बानियाँले एक जनाबाट ५ लाख रुपैयाँ र एलिना पुरीले एक जनालाई क्यानडा पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् ।
विदेश पठाउने भन्दै ठग्ने उनीहरुलाई काठमाडौँको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्