Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँबाट २५ करोड नगदसहित दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट पक्राउ गरेको हो ।

ट्रकमा लोड गरेर उक्त रकम लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ ।

सो घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK