काठमाडौँ । अवैध रुपमा अमेरिका छिर्न खोज्ने दुईजना नेपाली नागरिकमाथि गोली प्रहार गरिएको छ । मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गरिएको हो ।
गोली प्रहारपछि उनीहरु दुवैजनालाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेशन (एएमओ)ले पक्राउ गरेको छ ।
दुई नेपाली नागरिकसँगै अन्य नौ जनालाई पनि नियन्त्रणमा लिइएको सीबीपीले जनाएको छ । पक्राउ परेका नेपालीसहित अन्यहरुको नाम भने सीबीपीले खुलाएको छैन ।
यद्यपि पक्राउ पर्नेमा दुई नेपाली नागरिक, दुई जना मेक्सिकन नागरिक, चारजना ब्राजिलियन र एक जना चिनियाँ नागरिक रहेको सीबीपीले जनाएको छ । पक्राउ परेका उनीहरुविरुद्द अमेरिकी कानून ७ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्