Skip to content
LAXMI SUNRISE BANK

रक्सी खाएर झगडा गर्ने नेपालीलाई नेपाल फर्काउँदै यूएई

अर्थ सरोकार

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले रक्सी खाएर झगडा गर्ने नेपालीलाई नेपाल फिर्ता पठाउने भएको छ । 

रक्सी खाएर हो-हल्ला गर्ने, झगडा गर्ने प्रवृत्ति बढेपछि यूएईले त्यस्तो गतिविधि गर्ने नेपालीलाई नेपाल फिर्ता पठाउने भएको हो । 

यूएईको यस्तो तयारीबारे नेपाली राजदूतावास अबुधाबीले जनाएको छ । एक सूचना नै जारी गरेर दूतावासले मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्ने नेपालीहरुलाई यूएई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीपछि नेपाल फिर्ता पठाइरहेको जनाएको छ । 

सँगै दूतावासले यूएईमा भएका नेपालीहरुलाई मापसे गरेर हल्ला गर्ने तथा झगडा गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ । पछिल्लो समय यूएईमा मापसे गरेर झगडा गर्नेहरु ह्वात्तै बढेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK