काठमाडौँ । आगामी वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने जानकारी दिएको हो ।
विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार श्रमिकको पारिश्रमिक बढाउन गृहकार्य सुरु भइसकेको छ ।
हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १७ हजार तीन सय रुपैयाँ तोकिएको छ । जसमा आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रुपैयाँ र महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ तोकिएको छ ।
तर, अब आगामी आर्थिक वर्षदेखि श्रमिकको पारिश्रमिक बढ्ने भएको छ । आगामी वर्षदेखि बढ्ने पारिश्रमिकमा महँगी लगायत सबै कुरालाई ध्यानमा राखिने विभागले जनाएको छ ।