×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने युवराज घिमिरे पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने युवराज घिमिरे पक्राउ

Artha Sarokar

३ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. घर भई  हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ  नगरपालिका वडा नं. बस्ने ३४ वर्षीय  युवराज घिमिरे रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत १ गते टेकुबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घिमिरेले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि अल्बानिया पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहिन भएका थिए ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि  वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी