काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘द बैंकर’ नामक अन्तर्राष्ट्रिय प्रतिष्ठित म्यागजिनबाट ‘बैंक अफ द एयर २०२४’ को उपाधि प्राप्त गरेको छ। बैंकले बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ ले सन् २०२४ को ‘बैंक अफ दि एयर’ को उपाधि सिटिजन्स बैंकले पाएको हो ।
सिटिजन्सले पहिलो पटक उक्त अवार्ड पाएको हो । बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । अवार्ड वितरण समारोहमा डेढ सय देशका बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।
सिटिजन्स बैंकले यो यात्रामा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका आर्थिक सहयोग र विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ।
– सिटिजन्स बैंकको नि:शुल्क आँखा शिविर कार्यक्रम
सिटिजन्स बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ। बैंकको महेन्द्रनगर शाखाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो।
नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र महेन्द्रनगर आँखा अस्पतालको सहकार्यमा आयोजित उक्त शिविरमा ३२८ जना आँखाका बिरामीले नि:शुल्क सेवा लिएका छन्। आर्थिक रूपले कमजोर वर्गको संख्या बढी भएको उक्त क्षेत्रमा शिविर आयोजना गरी स्थानीयलाई सहयोग गर्ने उद्देश्य बैंकको रहेको शाखा प्रमुख शंकर प्रसाद जोशीले जानकारी दिएक छन् ।
शिविरमा नि:शुल्क आँखा परीक्षणका साथै आवश्यक औषधिहरु पनि नि:शुल्क वितरण गरिएको थियो। साथै, २९ जना मोतिविन्दुका बिरामीलाई थप उपचारका लागि महेन्द्रनगर आँखा अस्पतालमा नि:शुल्क शल्यक्रियाका लागि छनोट गरिएको अस्पतालका प्रमुख बिरबहादुर धामीले जनाए।
हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि जित्न सफल सिटिजन्स बैंकले देशभरका ६० जिल्लामा फैलिएका २०० शाखा, ३ विस्तारित काउन्टर र ७५ शाखा रहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
– बेबी लाइफ होमलाई सिटिजन्स बैंकको दुई लाख आर्थिक सहयोग
सिटिजन्स बैंकले बेबी लाइफ होमलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो १८औं वार्षिक उत्सवको उपलक्ष्यमा उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकले दुई लाख रुपैयाँको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने संस्थाका संचालक पुनले जनाएका छन्।
विशेषगरी विपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई संचालनमा केही सहजता होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।
बेबी लाइफ होम करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको संस्था हो। बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन्।