×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँको पेप्सीकोलाबाट ६० लाख लुटपाट, २० जना पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँको पेप्सीकोलाबाट ६० लाख लुटपाट, २० जना पक्राउ 

Artha Sarokar

३१ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेको समयमा पेप्सीकोलास्थित टाउन प्लानिङबाट एक व्यक्तिको दुईवटा झोलामा रहेको ६० लाख रुपैयाँ लुटपाट भएको हो । 

प्रहरीका अनुसार सो दिन काठमाडौँको बौद्ध बस्ने रितेश लामाको साथबाट रकम लुटपाट भएको थियो । रकम लुटिएपछि लामाले काँडाघारीस्थित प्रहरी प्रभागमा उजुरी दिएका थिए । 

लामाले दिएको उजुरीका आधारमा सो राती उनी जग्गाको बैना गर्न रकम लिएर जाँदै थिए । टाउन प्लानिङ पुगेपछि उनले जग्गाको विषयमा एकजना व्यक्तिसँग कुराकानी गर्दै थिए । सोही बेलामा आएका ८-९ जनाको समूहले गाडीमा दुईवटा झोलामा रहेको रकम लुटेको लामाले दिएको उजुरीमा उल्लेख छ । 

हालसम्म उक्त लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको विवरण भने प्रहरीले गोप्य राखेको छ । सीसीटिभी फुटेजमा पनि रकम लुटेर लगेको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार सीसीटिभीमा लुटेराहरु मोटरसाइकल र स्कुटरमा चढेर भागेको देखिएको छ । 

हालसम्म पक्राउ परेको २० जनाबाट ३० लाख रुपैयाँ बरामद भइसकेको प्रहरीले जनाएको छ । बाँक रकम भने साँखु पुगेर बाँडेको पक्राउ परेकोहरुले बयान दिएका छन् । अर्कोतर्फ लामाले बोकेर लिएर हिँडेको उक्त रकमको स्रोतबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी