×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ महिनामा काम खोज्दै ६ लाख युवा विदेशिए, युएई जानेको संख्या सबैभन्दा धेरै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

९ महिनामा काम खोज्दै ६ लाख युवा विदेशिए, युएई जानेको संख्या सबैभन्दा धेरै !

Artha Sarokar

९ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ ।  चालु आर्थिक वर्षको ९ महिनामा काम खोज्दै ६ लाख बढी नेपाली विदेश गएका हुन् ।

साउनदेखि चैतसम्म ६ लाख ७ हजार ८ सय ७४ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।  त्यस्तै, चैतमा मात्रै ७३ हजार ४ सय ३ जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष काम खोज्दै सबैभन्दा धेरै नेपाली युएई गएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा यूएई जाने नेपालीको संख्या १ लाख ९६ हजार ९ सय २१ रहेको छ भने चैत्रमा मात्रै २३ हजार ६ सय ७१ जना नेपाली यूएई गएका छन् ।

यूएईसँगै साउदी अरब, कतार, मलेसिया र  कुवेत जानेको संख्या पनि धेरै छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी