काठमाडौँ । कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ” योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन् ।
बम्पर उपहारमा आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
सो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आइफोन १६ को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् ।
साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना बैशाख १ २०८२ देखी ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।
यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोनपे कारोबारलाई प्रबर्द्धन गर्दै, डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।