×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजिहबले ल्यायो अन्तराष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिजिहबले ल्यायो अन्तराष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

Artha Sarokar

३१ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तराष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउन डिजिहब उक्त प्लेटफर्म सार्वजनिक गरेको हो ।

सो प्लेटफर्म पाँच प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाँसुकैबाट सेयर कारोबार गर्न सक्नेछन् ।

त्यस्तै, यस प्लेटफर्ममा एकैपटक धेरै अर्डर सजिलै राख्ने सुविधा दिने अर्डर बास्केट, रियल-टाइम डेटासहित सुसूचित निर्णय लिन मदत गर्ने एडभान्स चार्टिङ र एकै समयमा आफूलाई आवश्यक जानकारी एउटै स्क्रिनमा खोलेर तत्काल कारोबारको निर्णय लिन सहयोग गर्ने मल्टी-विन्डो सपोर्ट जस्ता विशेषता छन् ।

त्यसैगरी, सुरक्षित र नियन्त्रित कारोबार सुनिश्चित गर्ने एडभान्स रिस्क मोड्युल, एक क्लिकमा अर्डर राख्ने, अन्तिम कारोबार मूल्यको आधारमा पोर्टफोलियो ट्र्याक गरी रियल-टाइम नाफा/नोक्सान हेर्न सकिने र धेरै अकाउन्ट सजिलै व्यवस्थापन गर्न सकिने चाइल्ड अकाउन्ट म्यानेजमेन्ट सुविधा पनि यसमा रहेको कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय ट्रेडिङ म्यानेजमेन्ट सिस्टममार्फत डिजिहबले सेयर कारोबार प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउँदै नेपालको वित्तीय क्षेत्रलाई डिजिटल युगमा अघि बढाउने कार्यमा उल्लेख्य योगदान गर्ने लक्ष्य लिएको छ । यसले ट्रेडिङ अनुभवलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै सञ्चालनका क्रममा ब्रोकरहरूले सामना गर्नुपरेका झन्झटहरूलाई पनि कम गर्ने अपेक्षा लिइएको छ ।

अहिले पाँच ब्रोकरसँग लाइभ भइसकेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम चाँडै नै अन्य ब्रोकरकहाँ पनि उपलब्ध हुनेछ । डिजिहबले नेपालको वित्तीय बजारमा नवीनतम प्रविधि भित्र्याउँदै सेयर कारोबारीलाई उत्कृष्ट उपकरण र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी