Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित 

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र तत्कालका लागि स्थगित गरिएको हो । 

श्वेतपत्र तत्कालका लागि स्थगित भए पनि अहिले जारी हुन्छ ? भन्ने टुंगो नभएको विद्युत प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।  

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको कार्यकालमा भएका काम र आर्थिक अवस्था देखाउन श्वेतपत्र पारी गर्ने तयारी गरेका थिए । तर, उक्त श्वेतपत्र तत्कालका लागि स्थगित गरिएको छ । 

श्वेतपत्र स्थगित हुनुमा प्राविधिक कारण बताइएको छ । अर्को सूचना नआउँदासम्म श्वेतपत्र जारी गर्ने काम स्थगित भएको छ । तर, श्वेतपत्र तथ्यांक तोडमोड गरेर प्रस्तुत गर्न खोजिएको र सो विषय बाहिर आएपछि श्वेतपत्र जारी गर्ने रोकिएको स्रोतले दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK