काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.५५ प्रतिशतले बढी हो ।
गत वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, गत वर्ष ६३ करोड ७१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर २७ करोड २९ लाख ९८ हजारु रुपैयाँ आएको छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको एभरेष्ट बैंकको रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको नाफा सँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ६.०६ रुपैयाँले बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्