काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १९७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६१ हजार ४ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८९ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।