Skip to content
LAXMI SUNRISE BANK

मंगलबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६१ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK