काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले घटेर एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १९६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको एक लाख ६१ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८४.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।