×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी प्रतिवेदनको दाबी- ‘हाइड्रोको लगानी जोखिममा छ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारी प्रतिवेदनको दाबी- ‘हाइड्रोको लगानी जोखिममा छ’ 

Artha Sarokar

३१ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत क्षेत्रमा गरिएको लगानी जोखिममा रहेको बताएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उक्त आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

आयोगले ‘उच्चस्तरीय आर्थिक सुझाव आयोग’ प्रतिवेदन गत शुक्रबार अर्थमन्त्री पौडेललाई बुझाएको थियो । 

उक्त प्रतिवेदनमा जलविद्युत उत्पादनको अनुमति अवधि ५० वर्ष भएको र अवधि सकिएपछि जलविद्युत कम्पनीहरुले स्थानीय र सर्वसाधारणका लागि जारी गरेको सेयर के हुन्छ ? भन्ने अन्योल रहेको उल्लेख गरिएको छ । 

अर्कोतर्फ हाल नेप्सेमा सूचीकृत भएका कतिपय कम्पनीको नेटवर्थ ऋणात्मक हुँदा पनि उच्च मूल्यमा कारोबार भइरहेको उल्लेख गर्दै प्रतिवेदनमा जलविद्युतमा गरिएको लगानी भविष्यमा डुब्ने जोखिम रहेको उल्लेख गरिएको छ । हाल नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीको संख्या ९१ छ । आउँदो वर्ष यो संख्या थप बढ्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी