Skip to content
LAXMI SUNRISE BANK

भूकम्पग्रस्त म्यानमारमा सरकारले खाद्यान्न र सेना पठाउने 

अर्थ सरोकार

काठमाडौँ । सरकारले म्यानमारमा खाद्यान्न र नेपाली सेना पठाउने भएको छ । मन्त्रिपरिषद् बैठकले भूकम्पग्रस्त म्यानमारमा खाद्यान्नसहितका समान र उद्धारका लागि नेपाली सेना पठाउने निर्णय गरेको हो । 

भूकम्प प्रभावितलाई राहत सामाग्री र उद्धारका लागि सेना पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 

गुरुङका अनुसार म्यानमारमा सरकारले पठाउने राहत सामाग्रीमा त्रिपाल, खाद्यान्न, भाँडा र विपदमा आवश्यक पर्ने अन्य सामाग्रीहरु हुनेछन् । म्यानमारमा रहेको नेपाली दूतावासले दिएको विवरणका आधारमा सामान खरिदका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिइसकिएको गुरुङले बताएका छन् । 

नेपालबाट राहत सामाग्री नेपाल वायु सेवा निगमको जहाजमार्फत पठाइनेछ । म्यानमारको राजधानी नापिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी हालसम्म २ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने तीन हजार बढी घाइते भएको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK