×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ 

Artha Sarokar

७ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । उनलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

यादवलाई सप्तरीको राजविराजबाट फक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा पक्राउ गरिएको हो । 

यादवविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको थियो । सोही जाहेरीका आधारमा यादवलाई सप्तरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कारवाहीका लागि ललितपुर पठाउने तयारी गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी