काठमाडौँ । काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावरको निर्माण कार्य अलपत्र परेको छ । सरकार र महानगरपालिकाको टकरावले काठमाडौं भ्यू-टावर निर्माण कार्य अलपत्र परेको हो ।
महानगरका मेयर बालेन्द्र शाहले भ्यू-टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेर काठमाडौं भ्यू-टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ तर महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन ।
वि. सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक-निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यु टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन ।
उक्त टावर २३ रोपनी पाँच आना जग्गामा बन्दैछ । उक्त टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, रेष्टुरेन्ट, बैंक आदि बन्ने भनिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: