काठमाडौँ । पोखरामा ‘प्रहरी हुँ’ भन्दै रेष्टुरेन्टमा टन्न खाएर पैसा नतिर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका-८ स्थित सृजना चोकस्थित ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा खाना खाएर पैसा नतिर्ने ३२ वर्षीय चद्रकान्त पौडेल पक्राउ परेका हुन् ।
उनले उक्त रेष्टुरेन्टमा खाना खाएर पैसा तिर्ने बेलामा आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको भन्दै पैसा तिर्न मानेका थिएनन् । पछि उनले उल्टै रेष्टुरेन्टका कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए ।
घटनाबारे थाहा पाएपछि पौडेललाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनिविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
उनीविरुद्ध रेष्टुरेन्ट सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्