काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन (आइपीओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, हकप्रद सेयर निष्काशन, पुँजी संकलन लगायतका कार्य गर्न आवश्यक परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि उक्त सम्झौता गरिएको हो ।
२०८२ बैशाख १७ गते हुन गईरहेको विशेष साधारणसभाबाट हकप्रद सेयर पारित गरी आर्थिक वर्ष २०८१/८२ भित्र ४० करोड चुक्ता पूँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । साथै, आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्काशन गर्ने समेत लक्ष्य लिएको छ ।
मुक्तिनाथ फुड बैंक लिमिटेड, धितोपत्र बजारमा सुचिकृत भई कृषि मूल्य श्रृंखला विकासमा कार्यरत मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रुपमा २०७९ सालमा स्थापना भएको कम्पनी हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्